डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडाैं | पुस ३, २०७९

डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौं:   कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै  र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ ।

 

आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । 

 

यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक फिफा विश्वकप फुटबलमा च्याम्पियन बनेको छ ।
 

अर्जेन्टिनाको जीतमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोलको योगदान दिए ।  डि एरियाभित्र  फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । 

 

यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसैगरि अतिरिक्त समयमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए । 

 

यता डिफेण्डिङ च्याम्पियन फ्रान्सले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन तर दोस्रो हाफमा भने खेलमा फर्किदै २ गोल र अतिरिक्त समयमा पेनाल्टीमार्फत १ गोल गर्दै किलियन एम्बाप्पेलेले ह्याट्रिक पुरा गरेका थिए ।


 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्